शनिबार, २३ फागुन २०८२

प्रदेशको राजधानी दिपायल हुनुपर्ने माग सहित संघर्ष समिति धनगढीमा

धनगढी, साउन २२, २०७५ ।

प्रदेशको राजधानी दिपायल हुनुपर्ने माग सहित संघर्ष समिति धनगढी पुगेको छ । डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्का, होटल व्यवसायी संघका अध्यक्ष दिपक वहादुर खड्का लगायतको टोली राजधानीको माग ल्याएर धनगढी पुगेको हो । दिपायलमा राजधानीका लागि लामो समयदेखि आन्दोलन गरिरहेको संघर्ष समितिका प्रतिनिधिहरु र प्रदेश ७ को स्थायी राजधानी र नामाकरणको लागि गठित संसदीय समिती विच धनगढीमा छलफल पनि भएको छ । छलफलमा दिपायल राजधानी संघर्ष समितिका प्रतिनिधीहरुले भौगोलिक, सामरिक र पहाडी क्षेत्रको विकासका लागि दिपायल नै राजधानी हुनुपर्ने सुझाव दिएका छन् । डोटी उद्योग बाणिज्य संघका अध्यक्ष खड्काले दिपायलमा राजधानी नतोकिए पहाडको बसाईसराई नरोकिने बताए । होटल ब्यावसायी संघ डोटीका अध्यक्ष खड्काले पहाडमाथि अन्याय नहुने गरी राजधानी तोक्न सुझाव दिए । संसदीय समितिमा संयोजक तारा लामा तामाङले आफुले आएका सुझावहरुलाई जस्ताको तस्तै संसदमा पेश गर्ने बताए । यस्तै धनगढी पुगेको टोलीले आज मुख्य मन्त्री, सभामुख र प्रतिपक्ष दलका नेतालाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको आन्दोलनका अगुवा तथा होटल ब्यबसायि संघ डोटिका अध्यक्ष दिपक बहादुर खडकाले जानकारी दिए । प्रदेश सरकारले स्थायी राजधानी तोक्न र नामाकरणका लागि प्रतिबेदन पेश गर्न प्रदेश सांसद तारा लामा तामाङको संयोजकत्वमा ५ सदस्यीय संसदीय समिती गठन गरेको छ । समितिमा संयोजक तारा लामा तामाङ, प्रदेश सांसद बलदेब रेग्मी, श्यामलाल राना, प्रेमप्रकाश भट्ट र चुनकुमारी चौधरी सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस