शनिबार, २३ फागुन २०८२

चोरी गरेर भाग्दै दुईजना युवाको भिरबाट लडेर मृत्यु

लमजुङ , साउन २२, २०७५। लमजुङमा चोरी गरेर भाग्दै दुईजना युवाको भीरबाट लडेर मृत्यु भएको छ । क्व्होलासोथर गाउँपालिका– ९ छापागाउँको एक पसलमा चोरी गरेर भाग्ने क्रममा भीरबाट खसेका ती युवाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरूको विवरण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनु भयो । उहाँका अनुसार छापागाउँका मरिचमान गुरुङको पसलमा पैसा राख्ने सानो बाकस चोरेर भाग्दै गरेका उनीहरू मध्यनेपाल नगरपालिका– ८ करापुको भिरबाट खसेर दिउँसो युवाहरूको मृत्यु भएको हो । चार जनाले बाकस चोरी गरी भागेकोमा भिरबाट करिब ३ सय ५० मिटर तल खस्दा उनीहरूको मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार उनीहरूको वास्तविक नाम ठेगाना खुल्न सकेको छैन । त्यो चोरीमा संलग्न मध्ये छापागाउँमै बस्ने ३० वर्षीय बुद्धिबहादुर गुरुङलाई स्थानीयले नियन्त्रणमा लिएर भोर्लेटार स्थित इलाका प्रहरी कार्यालयमा बुझाएको जानकारीमा आएको छ । आफ्नै नेतृत्वमा घटनास्थलमा खटिएको प्रहरी टोलीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको र चोरीमा संलग्न युवाको खोजी कार्यमा जुटेको प्रहरी निरीक्षक अधिकारीको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस