शनिबार, २३ फागुन २०८२

साईकलयात्री बानिँया बैतडीमा, सम्मान र सहयोग प्रदान

बैतडी, साउन २३, २०७५ । नेपालमा शान्ति, सम्वृद्धि र स्थायित्व कायम गराउने उद्देश्यले देशभर साईकल यात्रा गरिरहेका सुनसरीका युवक ओम प्रकाश बानिँयालाई बैतडीको गोकुलेश्वरमा सम्मान तथा सहयोग प्रदान भएको छ । जलवायुका लागी नेपाली युवा सञ्जाल(एनवाईसिए) बैतडी, सुदूरपश्चिम विद्यार्थी समाज,नेपाल युवा रेडक्रस सर्कल गोकुलेश्वर र साहित्यीक मञ्च गोकुलेश्वरले बानिँयालाई गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा सम्मान गरिएको हो । २७ बर्षे युवा बानिँयालाई यी विभिन्न संघसंस्थाले खादा,अविरसहित सम्मान गरेको जलवायुका लागी नेपाली युवा सञ्जाल(एनवाईसिए) बैतडीका अध्यक्ष प्रकाश कुमार खड्काले जानकारी दिए । यसका साथै कलेज परिवार,संघसंस्था तथा स्थानिय बासिन्दाको तर्फवाट सहयोग स्वरुपमा ३ हजार ९५० नगद सहयोग समेत गरिएको उनले बताए । वि स २०७४ वैशाख १९ गते सुनसरीवाट साईकल यात्रा सुरु गरेका बानिँयाले देशका ७७ जिल्ला पुग्ने बताए । बैतडीमा बानिँया ५७ औं जिल्लाका रुपमा साईकल यात्रा गरिरहेका हुन् । यसअघि उहाँले देशका ५६ जिल्लामा साईकल यात्रा गरिसकेका छन् । देशका ७७ वटै जिल्लामा यात्रा गरिसकेपछी काठमाडौं पुगेर यात्रा समापन गरिने साईकल यात्री ओम प्रकाश बानिँयाले बताए । नेपालमा शान्ति, सम्वृद्धि र स्थायित्व कायम गराउने उद्देश्यले साईकल यात्रा सुरु गरेको उनको भनाई रहेको छ । यसका साथै साईकलयात्रा समापन गरिसकेपछी सुनसरीको वराह क्षेत्र नगरपालिकामा अनाथ बालबालिकाको लागी बाल अनाथालय स्थापना गर्ने योजना रहेको समेत उनले बताए । बालअनाथालय स्थापनाको लागी यात्राकै क्रममा ६६ हजार बढी रकम संकलन गरिसकेको साईकल यात्री बानिँयाको भनाई रहेको छ । बैतडीमा साईकलयात्रा समापनपश्चात ५८ जिल्लाको रुपमा दार्चुला जाने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस