शनिबार, २३ फागुन २०८२

थारु समुदायले साउन ३१ गते ’गुरही’ मनाउने

धनगढी, साउन २४, २०७५  ।

थारु समुदायले साउन ३१ गते गुरही पर्व मनाउने भएका छन् । ७ नम्बर प्रदेशको अस्थायी राजधानी धनगढीमा बसोबास गर्ने थारु समुदायले गुरही पर्व मनाउने तयारीमा जुटेका हुन् । आज धनगढीमा आयोजित पत्रकार भेटघाटमा आयोजक सखी सञ्जाल कैलालीकी अध्यक्ष इन्दु थारुले सामूहिक गुरही पर्वको तयारी थालेको जानकारी दिनुभयो । खेतीपाती सकिएपछि धानबालीमा किरा नलागुन् भनेर गाउँका युवतीहरू गाउँभन्दा परको चोकमा गई कपडाले बनाइएका स–साना गुडिया (गुरही÷गाइने किरा) बनाएर चोकमा असराउने (सेलाउने) प्रचलन थारु समुदायमा रही आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस