शनिबार, २३ फागुन २०८२

गुन्डा नाइके गणेश लामा एक वर्ष कैद हुने फैसला

काठमाडौं, साउन २५, २०७५ । गुन्डा नाइके गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायधिश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले लामालाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गर्दै बिहीबार सजाय सुनाएको हो । बिशेष अदालतले बिहीबार लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा एक वर्ष कैद र एक करोड बिगो तिराउने फैसला गरेको हो । लामामाथि १ करोड ४० लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै २०७० जेठमा मुद्दा दर्ता भएको थियो । हाल लामा केन्द्रीय कारागारमा रहेका छन् । लामालाई काठमाडौं प्रहरी परिसरको टोलीले गौशालाबाट पेस्तोलसहित पक्राउ गरेको थियो । लामाले गुन्डागर्दी लगायत आपराधिक गतिविधिबाट अकुत सम्पत्ति कमाएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरेको अनुसन्धानमा आधार लामासहित पाँचजना विरुद्ध सम्पत्ति शुद्धीकरण विभागले २०७० साल जेठ ५ गते मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस