शनिबार, २३ फागुन २०८२

नगद लुटपाट गरेको अभियोगमा पक्राउ

सिरहा, साउन २५, २०७५ । नगद लुटपाट गरेको अभियोगमा लहान नगरपालिका(३ बस्ने २५ वर्षीया फुलकुमारी मुसहर र उनकी बहिनी खुश्वु मुसहरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । कर्जन्हा नगरपालिका-११ बस्ने रामकुमार यादवले एनआईसी एशिया बैंक लहानबाट झिकेर ल्याएको नगद १ लाख रुपैयाँ लिई घरतर्फ जाने क्रममा एउटै म्याजिकमा सवार उनीहरुले धनगढीमाई नगरपालिका-१० स्थित धनगढी बजारमा पुग्दा उक्त नगद लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई फेला पारी जाँच गर्दा फुलकुमारीले बोकेको झोलाबाट उक्त लुटिएको रकम बरामद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस