शनिबार, २३ फागुन २०८२

पाल्पामा स्कुल बस दुर्घटना, १५ जना घाइते

पाल्पा, साउन २९, २०७५  । पाल्पामा स्कुल बस दुर्घटना भएको छ । दुर्घटनामा १५ जना विद्यार्थी र चालक घाइते भएका छन् । रिभर भ्याली बोर्डिङ्ग स्कूल दमकडा पाल्पाको लु १ क १५५८ नम्बरको बस बगनासकाली गाउँपालिका १ चिर्तुङधारा नजिकैको पिप्लेमा बिहान पौने १० बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा चालक रिखिराम खाम्चासहित १५ विद्यार्थी घाईते भएका हुन् । घाईते सबैलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको स्थानीय पत्रकार तिल बहादुर गाहाले जानकारी दिए । बसमा २७ जना विद्यार्थी रहेको जनाइएको छ । घटनाको बारेमा थप जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस