शनिबार, २३ फागुन २०८२

आफ्नै भाई र छोराको हत्या, दुई छोरा गम्भीर घाइते

रुकुम, साउन ३०। रुकुम पश्चिमको मुसिकोट नगरपालिका १४ लोरीबाङका एक व्यक्तिले आफनै भाई र छोराको हत्या गरेका छन् । आज बिहान करिव ५ बजेतिर खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मुसिकोट नगरपालिका १४ लोरीबाङका शंकर बिष्टले आफ्नै १७ बर्षका भाई गोर्कण बिष्ट र १२ बर्षका छोरा सुर्दशन बिष्टलाई खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । यस्तै खुकुरी प्रहारबाट छोराहरु १३ बर्षका प्रकाश बिष्ट र १० बर्षका दिनेश बिष्ट पनि गम्भीर घाइते छन् । घाइतेको जिल्ला अस्पताल रुकुममा उपचार भइरहेको भएपनि मौसममा सुधार हुन बितिकै उनीहरुको थप उपचारका लागी नेपालगंज लिने तयारी भइरहेको छ । हत्यामा संलग्न शंकर बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस