शनिबार, २३ फागुन २०८२

विङ्गरको ठक्करवाट मोसा चालकको मृत्यु, आक्रोसित स्थानियद्धारा विङ्गरमा आगजनी

बुटवल, साउन ३१, २०७५ । पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट बुटवल तफ आउदै गरेकोे लु १ ज २७२८ नम्बरको विङ्गरले बिपरित दिशाबाट आई रहेको लु १ प ७७४३ न. को मोटर साईकललाई ठक्कर दिदा मोटर साईकिल चालकको मृत्यु भएको छ । विङ्गरको ठक्करवाट रुपन्देही सैनामैना ५ बस्ने बर्ष ४० को शेरबहादुर कुंवर गम्भिर घाईते भइै उपचारको लागि लुम्बिनी अस्पताल बुटवलमा ल्याएकोमा उपचारको क्रममा दिउसो साढे तिन बजे मृत्यु भएको प्रहरीले जनाएको छ । विङ्गरले दिउसो पौने ३ वजे सैनामैना न.पा.४ स्थित पूर्व पश्चिम राजमार्गमा मोटर साईकललाई ठक्कर दिएको हो । मोटर साईकललाई ठक्कर दिने विङ्गरलाई आक्रोसित स्थानियले आगजनी गरेपछि स्थिती तनावग्रत भएकोले एको हो । इलाका प्रहरी कार्यालय रन्यौरा र इलाका प्रहरी कार्यालय बुटवलबाट प्रहरी टोली घटनास्थलमा परिचालनगरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विङगर चालक प्रहरी नियन्त्रणमा रहेको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस