शनिबार, २३ फागुन २०८२

घाईते दुई छोराको उपचारमा समस्या भएपछि दृष्टिविहिन दम्पतीकाद्वारा सहयोगको याचना

धनगढी, साउन ३१, २०७५  ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणीका शारीरीक अपाङ्गता भएका करन सिहँ साउदका दुई छोरालाई घरको पर्खालले च्यापेपछि उपचारमा समस्या भएको छ । घरमा सुतिरहेको समयामा भएको बर्षाले राती घरको पर्खाल भत्कीएपछि उनीहरु च्यापीएका हुन । एक डेढ बर्षको र अर्को ४ महिनाको साउदका छोराको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ । ४ महिनाको छोराका खुट्टा भाचिँएको भन्दै करनले सहयोगका लागि याचना गरेका हुन् । जन्मजात दृष्टिविहिन करनकी श्रीमती सुनीता पनि दृष्टिविहिन हुन, उनी पनि अस्पतालमै छन् । खुट्टा भाच्चिएकै दिन यहाँ आएका हौ, करनले भने–हामी यो अस्पतालमा आएदेखि सारै समस्यामा छौ । एक जनाका लागि त अस्पतालले खानाको व्यवस्था गरेको छ, छोराकी आमा र म शिवशक्तीमा खाना खादै आएका छौ, उनले भने कसैले दया गरेर पैसा दिए औषधी उपचारमा सहयोग हुने थियो । अस्पतालमा फार्मेसी त छ, त्यहाँ सबै प्रकारका औषधी पाउदैन, उनले भने बाहिरबाट औषधी खरिद गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस