शनिबार, २३ फागुन २०८२

कैलालीको गोदावरी नगरपालिकामा अविवाहित प्रमाणितमा पनि कर

धनगढी ,भाद्र १, २०७५ ।

कैलालीको गोदावरी नगरपालिकाले अविवाहित रहेको प्रमाणित गर्न पनि सिफारिस चाहिने व्यवस्था गरेको छ । अविवाहित रहेको सिफारिसका लागि नगरपालिकाले २ सय ५० शुल्क तोकेको छ । दुई दशकदेखि स्थानीय तहको निर्वाचन नभएर सास्ती खेपिरहेका जनता एक वर्षअघि सम्म सिंहदबार घरैछेउ आउने भनेर खुसी थिए । तर जनप्रतिनिधिले करको भारी बोकाउन थालेपछि उनीहरुमा निराशा छाएको छ । गोदावरी नगरपालिकाले वडा र नगरपालिकाबाट प्रदान गरिने सिफारीसमै तीन हजार सम्म कर लगाएको छ । अंगीकृत नागरिकता सिफारिसका लागि नगरपालिकाले सवै भन्दा बढि तीन हजार दस्तुर तोकेको छ । वैवाहिक अंगिकृत नागरिकता सिफारिसका लागि एक हजार ५ सय निर्धारण गरिएको छ ।
जन्मसिद्ध नाताले नागरिकता सिफरिस, वंशजको नाताले नागरिकता सिफारिसमा भने १÷१ हजार निर्धारण गरिएको छ । अंग्रेजीमा नाता प्रमाणित, अग्रेजीमा बसोबास प्रमाणित दस्तुर, अंग्रेजीमा बसोबास, जन्म, मृत्यु र विवाह सिफारिसमामा २ सय ५० दस्तुर तोकिएको छ । अस्थायी बसोबास प्रमाणितका लागि १ सय ५० निर्धारण गरिएको छ । नागरिकता फारामका लागि २० र घटना दर्ता का लागि ५० निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस