शनिबार, २३ फागुन २०८२

नारायणी नदीमा एक किशोर बेपत्ता

चितवन , भाद्र २, २०७५ । नारायणी नदीमा पौंडी खेल्दा बगेर एक किशोर बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–१६ शरणपुर स्थित गणेश मन्दिर क्षेत्रमा पर्ने नारायणी किनारमा शनिबार दिउँसो पौडी खेल्न गएका स्थानीय १६ वर्षीय सुजित भुजेललाई नारायणीले बगाएको हो । साथीसँग पौडी खेल्न गएका उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस