शनिबार, २३ फागुन २०८२

दृष्टिविहिन दम्पतीका छोराहरुको उपचारका लागि जेसिजका पुर्व विद्यार्थीको सहयोग

धनगढी, भाद्र ३, २०७५ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर २ वाणीका शारीरीक अपाङ्गता भएका करन सिहँ साउदका दुई छोराको उपचारका लागि जेसिजका पुर्व विद्यार्थीहरुले सहयोग गरेका छन् । धनगढीको जेसिज एभरेष्ट पुर्व विद्यार्थी परिवारले दृष्टिविहिन दम्पतीका २ छोराको उपचारका लागि आर्थिक सहयोग गरेको हो । जेसिज एभरेष्ट पुर्व विद्यार्थी परिवारका अध्यक्ष खेमराज जोशीले आर्थिक अभावले उपचारमा समस्या भएको समाचार दिनेश खवरमा आएपछि ९ हजार सहयोग गरेको बताए । उनले घरको पर्खालले च्यापेपछि घाईत भएका दृष्टिविहिन दम्पतीका छोराहरुको उपचारमा समस्या भईरहेकाले अन्य निकायलाई पनि सहयोग गर्न आग्रह गरे । घरमा सुतिरहेको समयमा घरको पर्खाल भत्किएपछि दृष्टिविहिन दम्पतीका डेढ बर्ष र ४ महिनाका छोरा घाईते भएका थिए । उनीहरुको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ । ४ महिनाको छोराको खुट्टा भाचिँएको भन्दै करनले सहयोगका लागि दिनेश खवर मार्फत याचना गरेका थिए । करन जन्मजात दृष्टिविहिन हुन भने उनकी श्रीमती सुनीता पनि दृष्टिविहिन हुन । जेसिजका पुर्व विद्यार्थीहरुले सहयोग गरेपछि छोराको उपचारमा सहज हुने भन्दै दृष्टिविहिन दम्पतीका खुसि भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस