शनिबार, २३ फागुन २०८२

बेवारिसे शवको पहिचान हुन सकेन

बैतडी, भाद्र ४, २०७५  । दार्चुलाको नौगाड गाउँपालिका ६ नौगाडखोलामा भेट्टिएको बेवारिसे शवको पहिचान हुन सकेको छैन् । आईतवार फेला परेको अन्दाजी १७ बर्षीया किशोरीको शवको पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिए । स्थानियले खोलामा किशोरीको शव देखेपछी प्रहरीलाई खबर गरेको र त्यपश्चात गएराती प्रहरीको टोली घटनास्थल पुगेको थियो । शव सड्न लागेको अवस्थामा छ प्रहरी निरीक्षक बोगटीले भने“टाउकोमा चोट र फुटेको , कपाल झरेको , शव चिन्न नसकिने अवस्थामा रहेको छ” शवको प्रकृति हेर्दा एक हप्ता अगाडी मृत्यु भएको हुनसक्ने उनले बताए । अहिले शवलाई गोकुलेश्वर अस्पतालमा राखिएको छ ।घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस