शनिबार, २३ फागुन २०८२

बैतडीमा स्यालको आंतक

बैतडी, भाद्र ६, २०७५ ।

बैतडीको पाटन नगरपालिकाको विभिन्न वडामा स्यालले आतंक मच्चाउन थालेको छ । नगरपालिकाको वडा नम्वर ६ लोर्खामा एकैदिन स्यालको टोकाइबाट तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय दमन्ती जोशी, विन्दा जोशी र नरेन्द्र भण्डारी रहेका छन् । घरमै बसीरहेका बेला उनीहरुलाई स्यालले टोकेको स्थानीय रामसिंह विष्टले बताए । स्यालहरुले गाउँघरमै पसेर टोक्न थालेपछि स्थानीयबासी त्रसित बनेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा रेबिज विरुद्धको भ्याक्सिन नहुँदा घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस