शनिबार, २३ फागुन २०८२

हवाई यात्रु बिमा १ करोड ७८ लाख

काठमाडौं, भाद्र ८, २०७५ ।

  हवाई दुर्घटनामा ज्यान गुमाउनेको परिवारले अब बिमाबापत १ लाख ५८ हजार ९१० डलर (१ करोड ७८ लाख ९७९ रुपैयाँ) पाउने भएका छन् । अन्तर्राष्ट्रिय उडानमा दुर्घटना भए मृतकका परिवारले २० हजार डलर  (२४ लाख रुपैयाँ) पाउँदै आएकोमा अब भने बिमा रकम ८ गुणाले बढ्नेछ । विमान दुर्घटनाको क्षतिपूर्ति रकम बढाउने मोन्ट्रियल महासन्धि प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै क्षतिपूर्ति रकम बढ्ने भएको हो । संस्कृति पर्याटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले बिहीबार संसदमा अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण व्यवस्था गर्ने मेन्ट्रियल महासन्धि पेश गरेका थिए । उक्त महासन्धि संसदले सर्वसम्मत पारित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस