शनिबार, २३ फागुन २०८२

निर्मला हत्या प्रकरण: पिडित परिवारलाई १० लाख राहत, प्रहरीको गोली लागेर ज्यान गुमाएका सन्नी शहिद घोषणा

काठमाण्डौँ भदौ ०९ । सरकारले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । यस्तै पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सहादत प्राप्त गरेका सन्नी खुनाको परिवारलाई पनि सरकारले १० लाख राहत दिने भएको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा दुबै परिवारलाई राहत दिने निर्णय गरेको हो । सरकारले मृतक खुनालाई सहिद घोषणा गरेको छ भने घाइतेहरुको निःशुल्क उपचार गर्ने र अंगभंग भएकालाई आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । सरकारले निर्मला हत्याबारे छानविन गर्न सहसचिवको नेतृत्वमा बनेको समितिलाई नै गोलीकाण्डबारे पनि अनुसन्धान गर्ने जिम्मेवारी समेत दिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस