शनिबार, २३ फागुन २०८२

डडेल्धुरामा जीप दुर्घटना, ९ जना घाईते

धनगढी, भाद्र १२, २०७५  ।

डडेल्धुराको सदरमुकाम नजिकै अमरगढी नगरपालिकाको वडा नम्बर २ आईत बजारमा मंगलबार बिहान जीप दुर्घटना भएको छ । दुर्घटनामा परी ९ जना घाईते भएका छन् । घाईते मध्ये ७ जनाको डडेल्धुरा स्थित उपक्षेत्रीय अस्पतालमा उपचार भएको छ भने २ जनाको अवस्था गम्भिर भएकोले धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यलय डडेल्धुराले जनाएको छ । रेफर हुनेमा डडेल्धुराको अजयमेरु गाउँपालिका ५ की हीरा खड्का र गन्यापधुरा गाउँपालिका ४ की देवादेवी खडायत रहेको प्रहरीले जनाएको छ । बगरकोटबाट सदरमुकाम जादै गरेको ना १ ज ३११९ नम्बरको जीप दुर्घटनामा परेको हो । कच्ची बाटो, चालकको लापरवाही र बढी यात्रुका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस