शनिबार, २३ फागुन २०८२

खोलाले बगाएर श्रीमान श्रीमतीकै मृत्यु

जाजरकोट, भदौ १६  ।

रुकुम ९पश्चिमको बाँफिकोट गाउँपालिकामा खोलामा बगेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–८ दुलिदुलिखाका ५० वर्षीय अमृत घर्ती र उहाँकी श्रीमती ४८ वर्षीया तुलसा घर्तीको बाँफिकोटको बडगाई खोलामा बगेर मृत्यु भएको हो । खोलामा रहेको काठको पुल तर्ने क्रममा चिप्लिएर बगेका घर्ती दम्पतीमध्ये श्रीमान अमृतको शव शुक्रबार बेलुकी फेला परेको थियो । बगेको भन्दा करीब दुई सय मिटर तल उहाँको शव फेला परेको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस