शनिबार, २३ फागुन २०८२

पहिरोले घर पुरिँदा तीन बालकको मृत्यु

सल्यान, भदौ १८ गते । जिल्लाको बागचौर नगरपालिका १२ ओख्रेनी मुलखोलामा आएको पहिरोमा परी तीन बालबालिकाको शव  निकालिएको छ । । स्थानीय बालाराम डाँगीको घर पहिरोमा पुरिँदा उनका २ छोरी १ छोरा पुरिएका हुन । पहिरोमा पुरिनेहरुमा उनकी १० बर्षिया छोरी ललिता डाँगी,७ बर्षीया छोरा ललित वली र बर्ष चारकी छोरी मेनका डाँगी सव पहिरोवाट निकालिएको सल्यानका प्रहरी प्रमुख नायव उपरीक्षक विरेन्द्र वहादुर शाहले जानकारी दिनुभयो । पहिरोमा परेर बालाराम डाँगी र उनकी श्रीमती समेत घाईते भएको बताइएको छ । बालबालिकाले खाना खाँदै गरेको समयमा आएको पहिरोले ३ बालबालिकाहरु र बस्तुभाउलाई पुरेको १२ वडाका वडा अध्यक्ष दिपक वलीले जानकारी दिनुभयो । हिजो राती १२:४० मा उद्दारका लागि इलाका प्रहरी कार्यालय सिमखोली र इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी परिचालन गरिएको भएपनि रातभर पानी परेकोले बिहान बाट मात्र उद्धार सुरु गरिएको र अहिले मात्र सव निकालिएको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस