शनिबार, २३ फागुन २०८२

करेन्ट लागेर एकको मृत्यु

रसुवा, भाद्र १८, २०७५ । रसुवामा करेन्ट लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजेश सिग्देलका अनुसार मृत्यु हुनेमा भारत उडिसा केन्द्रपढाका करीब ४७ वर्षीय बचन रहेका छन् । उनी धुन्चे क्षेत्रमा केही वर्षदेखि प्लम्बरको काम गर्दै आएका थिए । एक घरमा पाइप जोड्ने क्रममा करेन्ट लागेपछि घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रसुवाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस