शनिबार, २३ फागुन २०८२

नागरिक समाजहरु प्रदेश नम्वर ७ का जनताको अवस्था फेर्न निष्क्रिय

धनगढी , भाद्र २४, २०७५ ।

राजनीतिक व्यवस्था परिर्वतनका लागि सक्रिय रहेका नागरिक समाज सस्थाहरु प्रदेश नम्वर ७ का जनताको अवस्था फेर्नमा भने निष्क्रिय देखिएका छन् । प्रदेश नम्वर ७ मा अहिले भ्रष्टाचार, कालोबजारी, तस्करी, हत्या हिसां मौलाएको छ भने विकास निार्मणका योजनाको कार्यान्वयनमा चरम लापरवाही भईरहेको छ । तर नागरिकको आवाज बुलन्द पार्ने नागरिक समाज सस्थाहरु भने लोकतन्त्र स्थापनापछि राजनीतिक दलको धर्मपुत्रका रूपमा पालिँदै आएको आरोप लागेको छ । नागरिक समाज सस्थाहरु राजनीतिक दलपिच्छे फरक–फरक धारणा बनाउँन थालेपछि प्रदेश नम्वर ७ मा नागरिकका आवाजहरु पनि दबिन थालेका छन् । जस्ले गर्दा प्रदेश नम्वर ७ मा नागरिकका आवाजहरुलाई उठान गर्ने एउटा साँझा सस्थाको अभाव पनि भएको नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य दिल वहादुर छत्यालले बताए । लोकतन्त्रको स्थापनामा बलियो सरोकारवाला बनेको नागरिक समाज सस्थाहरु अहिले लोप हुँन थालेका छन् । नागरिक समाजहरु सामाजिकभन्दा पनि राजनीतिक परिर्वतनका लागि सक्रिय भएको पाइन्छ । सामाजिक परिर्वतनबिना जुनसुकै किसिमका राजनीतिक परिर्वतनले खासै अर्थ भने राख्दै त्यसैले नागरिक समाजले आधुनिक र परिर्वतनकारी समाज निर्माणका लागि आफ्नो भूमिकालाई सक्रिय बनाउन आवश्यक छ । तर गणतन्त्र आएपछि नागरिक समाज राजनीतिक दलको धर्मपुत्रका रूपमा पालिँदै आएको दावी धेरैको छ । जस्ले गर्दा राजनीतिक परिवर्तनमा अहम भुमिका खेलेका नागरीक समाज सस्थाहरु अहिले खोज्नपर्ने बेला आएको छ । यता लोकतन्त्र र शान्तिका लागि नागरिक समाज कैलालीका पुर्व अध्यक्ष धर्मराज पाठकले विगतको तुलनामा नागरिक समाजले प्रभावकारी काम गर्न नसकेको स्वीकार गरे । देशभरीमा सबैभन्दा बढि विद्युत उत्पादनको क्षमता रहेको प्रदेश नम्वर ७ मा दशकौ बर्ष पहिलेदेखि चर्चामा रहेका आयोजनाको अहिले सम्म काम पनि सुरु भएको छैन् । प्रदेशको समृद्धीको मुल आधारका रुपमा रहेका सडक आयोजनाको काम पनि दशकौदेखि कछुवा गतिमा छ । पहाडी जिल्लामा उपचार नपाएर अकालमै ज्यान गुमाउन पर्ने नियती छ भने हत्इा, हिसां, बलात्कारका घटनाले प्रदेशवासीलाई असुरक्षित भएको महसुस गराउन थालेको छ । सरकारी निकायहरुमा जनप्रतिनिधिहरु आएपनि भ्रष्टाचार र ढिलासुस्ती कायमै छ । तर व्यवस्था फेर्नका लागि अग्रपङ्तीमा लागेका नागरिक समाज सस्थाहरु अहिले प्रदेशका जनताको अवस्था फेर्नमा भने निष्क्रिय भएका हुन् । सार्वजनिक सञ्चारका माध्यमहरूबाट मत व्यक्त गरेर, गोष्ठी अन्तरक्रिया र भाषण गरेर नागरिक समाजका सदस्यहरू र समूहहरूले आफ्ना विचार सार्वजनिक गरिरहेको लोकतन्त्र र शान्तिका लागि नागरिक समाज कैलालीका अध्यक्ष खड्कराज जोशीले दावी गरे । आजकल नागरिक समाजमा राजनीतिक दलका सदस्यको वर्चस्व रहनुले पनि नागरिक समाज छायामा परेको हो । नागरिक समाजभित्र राजनीतीकरण बढी हुनु र प्रजातान्त्रिकीकरणको पूर्ण विकास हुन नसक्नुले पनि नागरिक समाजभित्र ढुसी पलाइसकेको त होईन भन्ने आशंका गर्न थालिएको छ । अहिले नागरिक समाजको सबै भुमिका नागरिक समाजकै अंग मानिएको आम सञ्चार माध्यमहरुले निभाईरहेका छन् । तर सञ्चार माध्यमबाट नागरिकको आवाज बुलन्द पार्नका लागि पनि अन्य नागरिक समाज सस्थाले आफ्नो भुमिका फराकिलो पार्नूपर्ने नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य दिल वहादुर छत्यालको भनाई छ । उदियमान लोकतन्त्र भएका मुलुकहरुमा रहने राजनीतिक संक्रमण, न्यून आर्थिक अनुशासन, कमजोर संस्थागत क्षमता जस्ता कारणले नागरिक समाजको महत्व अधिक रहने गर्दछ । नागरिक समाजले नागरिक शिक्षामार्फत असल संस्कृतिलाई संस्थागत गरेर मानव विकासलाई सहयोग पु¥याउनुपर्ने भएको छ । अनि मात्र नागरिक समाज जनताका वास्तविक सङ्गठन र सहयोगी बन्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस