शनिबार, २३ फागुन २०८२

तिजसँगै कञ्चनपुरमा फेरी आँसुका वर्षा

महेन्द्रनगर,  भाद्र २७, २०७५ ।

आज देशमा एकातीर तिजको लहर छाइरहेको छ। रंगीचङ्गी पोशाकमा महिला दिदीबहिनी रमाईलो गरिरहेका छन् । निर्मला हत्या काण्डको शोकमा डुबेका कञ्चनपुरबासीका आँखा ओभाना हुन नपाउदै फेरी पीडा र सन्त्रासको वादल मडारिएको छ बालिका निर्मला हत्या प्रकरण किनारा लाग्न नपाउदै कञ्चनपुरमा फेरी एक बालिका बलात्कारको सिकार भएकी छिन्। कञ्चनपुरको महाकाली नगरपालिकाकी १० वर्षिया बालिका विद्या थापा  ( नाम परिवर्तन) बलात्कारको सिकार बनेकी हुन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक कुवेर कडायतले बालिका बलात्कारको आरोप लागेका महाकाली नगरपालिका ४ का ४० वर्षिय आइते सुनारलाई नियन्त्रणमा लिइएको जानकारी दिए। सुनारले बाकिालालई मंगलबार साँझ बलात्कार गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस