शनिबार, २३ फागुन २०८२

निर्मला पन्त हत्या प्रकरण : न्यायका लागि कालो साडीमा तीज

कञ्चनपुर, भाद्र २७, २०७५  ।

कञ्चनपुरमा १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि गरिएको हत्या घटनाका दोषीलाई कारवाहीको माग गर्दै कालो साडीमा तिज मनाईदैछ । दोषीलाई कारवाहीको माग गर्दै घटनाको सुरुदेखि नै आन्दोलनरत आमा समूहमा आबद्ध महिलाहरु फेरि आन्दोलित भएका हुन् । घटनाको छानबिनका लागि सरकारले १५ दिनको म्याद सहित गठन गरेको उच्च स्तरीय छानविन समितिले तोकिएको समयमा निष्कर्ष निकाल्न नसकेको भन्दै आमा समूहले आजदेखि फेरि आन्दोलन सुरु गरेको हो । घटना भएको ४८ दिन पुगिसक्दा पनि सरकारले अपराधि पक्राउ गर्न नसकेको विरोधमा कालो साडीमा धर्ना दिईरहेका छन् । कालो साडी लगाएर निर्मलाका वास्तविक हत्यारालाई कारवाहीको माग गर्दै धर्ना दिइरहेको आमा समूहकी सदस्य वसन्ती चन्द बोगटीले बताईन् । यसअघि यही समूह लगातार सदरमुकाम महेन्द्रनगरमा निर्मलाका हत्यारा पक्राउको माग गर्दै आन्दोलन गरेको थियो । प्रहरीले मुख्य अभियुक्त बनाएका विष्टलाई हिजो तारेखमा रिहा गरिएको थियो । वम दिदी वहिनी पनि३० हजार धरौटीमा हिजो नै रिहाभएका थिए । निर्मलाका हत्यारालाई सार्वजनिक गर्नुपर्ने र बलात्कारीलाई फाँसीको सजायका लागि संविधान संशोधन गर्न दबाब दिन कालो साडीमा तीज मनाईरहेको महिलाले वताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस