शनिबार, २३ फागुन २०८२

दर खाएर नाच्दा नाच्दै मृत्यु

हेटौंडा , भाद्र २७, २०७५ । तीजको दर खाएर रमाइलो गर्दै नाचिरहेको अबस्थामा एक्कासी लडेपछि हेटौंडा–११ मा करिब ५२ वर्षीय रामहरि शिवाकोटीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार हरितालिका तीजको अवसरमा ‘दर’ खाएर नाच्दै गर्दा उनको ज्यान गएको हो । दर खाएर रमाइलो गर्दै नाचिरहेका उनी लडेपछि अचेत भएको र केही बेरमा मृत्यु भएको प्रहरीको भनाइ छ । छिमेकी अष्ठमाया श्रेष्ठको घरको आँगनमा भएको तीज विशेष कार्यक्रममा अचानक घटना भएको हो । शिवाकोटी युनिलिभर नेपाल बसामाडीमा कार्यरत् रहेको बुझिएको छ । उनको शवलाई हेटौंडा अस्पतालमा पोष्टमार्टमपछि आफन्तले लगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस