शनिबार, २३ फागुन २०८२

दुई दिदीबहिनीले गरे ६१ वर्षे बृद्धको हत्या

रामेछाप , भाद्र २८, २०७५ । दुई दिदीबहिनीले गरे ६१ वर्षे बृद्धको हत्या गरेका छन् । हत्या हुनेमा रामेछाप जिल्लाको रामेछाप नगरपालिका ७ मुडाजोरका ६१ वर्षीय ढालबहादुर श्रेष्ठ रहेका छन् । श्रेष्ठको हत्या गरेको भन्दै ती दुवै दिदीबहिनी १३ वर्षीया दालकुमारी श्रेष्ठ र उनकी दिदी १८ वर्षीया सुष्मता श्रेष्ठले प्रहरी समक्ष आत्मासमर्पण गरेका छन् । बृद्धको बानिब्यहोरा ठीक नभएको भन्दै बृद्धकै घर अगाडि बाटोमा बिहान ७ बजेतिर रडले हानेर हत्या गरेको ती दुई दिदीबहिनीले प्रहरीलाई बयान दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस