शनिबार, २३ फागुन २०८२

दुईजना बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ

महेन्द्रनगर , भाद्र ३०, २०७५ । कञ्चनपुरमा दुईजना बालिकालाई बलात्कार गरेको आरोपमा शनिबार एकजना पक्राउ परेका छन् । बेल्डाँडी गाउँपालिका–२ का ६ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका ५७ वर्षीय राजेन्द्र विष्टलाई पक्राउ गरिएको हो । विष्टले ललाइ–फकाइ बलात्कार गरेको कुरा ती बालिकाले सुनाएको बालिकाकी आमाले बताइन् । उनका साथीसँग सोधपुछ गर्दा अर्की बालिका पनि बलात्कारको शिकार भएको खुलेको बालिकाकी आमाको भनाइ छ । पीडित परिवारले शुक्रबार विष्टविरुद्ध इलाका प्रहरी कार्यालय बेल्डाँडीमा उजुरी दिएका थिए । उजुरीपछि विष्टलाई पक्राउ गरी हिरासतमा राखेर आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता तथा डीएसपी कृष्णराज ओझाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस