शनिबार, २३ फागुन २०८२

१० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको खुलासा

पोखरा , आश्विन १०, २०७५ । पोखरामा सोमबार मृत भेटिएकी १० बालिकाको बलात्कारपछि हत्या भएको खुल्न आएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेको आशंकामा छिमेकीलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा–२२ पुम्दीभुम्दीको कोदीकी बालिका श्रेया बिकको बलात्कारपछि हत्या गरेको आरोपमा छिमेकी २७ वर्षीय कुसुम पौडेलसहित ६ जना भन्दा बढिलाई पक्राउ प्रहरीले जानकारी दिएको छ । श्रीया सोमबार विद्यालयबाट फर्कने बित्तिकै बिस्कुट किन्न पसल गएकी थिइन् तर, उनी एकाएक हराएकी थिइन् । मंगलबार बिहानै झाडीमा अर्धनग्न अवस्थामा उनको शव भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस