शनिबार, २३ फागुन २०८२

ट्रकले ठक्कर दिँदा एक युवतीको मृत्यु

बुटवल , आश्विन १०, २०७५ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शँकरनगर चोकमा ट्रकले ठक्कर दिदा एक युवतीको मृत्यु भएको छ । लु १ ख ७३४९ नम्वरको ट्रकले बा ७५ प ४९२७ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार बुटवल कालिकानगर ११ बस्ने २० बर्षीय अनु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाईकल चालक पाल्पा तानसेन २ का २४ बर्षीय पुकार शाही घाईते भएका छन् । भैरहवाबाट बुटवलतर्फ आईरहेको ट्रकले पूर्ववाट पश्चिम तर्फ सडक पार गर्दै गरेको मोटरसाईकललाई ठक्कर दिंदा घाइते भएकी श्रेष्ठको लुम्विनी अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते शाहीको लुम्विनी अञ्चल अस्पताल बुटवलमा उपचार भैरहेको छ । अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस