शनिबार, २३ फागुन २०८२

प्रदेशको राजधानीको प्रस्तावः कतै आन्दोलन कतै स्वागतआन्दोलन

अत्तरिया, आश्विन ११, २०७५ ।

प्रदेश सातको प्रदेश सभाको बिशेष सुझाव समितिले सात नम्वर प्रदेशको नाम सुदुरपश्चिम र राजधानी कैलालीको गोदावरीलाई सिफारिस गरेपछि जिल्ला भित्रकै स्थानीयहरु विभाजित भएका छन । मंगलबार प्रदेश सभाको बैठकमा  विशेष सुझाव समितिले धनगढीबाट राजधानी गोदावरीका लागि सिफारिस भए सँगै धनगढीमा आन्दोलनको घोषणा सँगै बन्दको आव्हान भए पनि राजधानीका लागि नाम सिफारिस भएको गोदावरीका स्थानीय वासिन्दाले भने सिफारिसको स्वागत गरेका छन । आज कैलालीको अत्तरियामा स्थानीय वासिन्दाले आफूहरुको स्थानमा राजधानी हुने भएपछि खुशीयाली साटदै राष्ट्यि झण्डा बोकेर अत्तरिया बजार क्षेत्रमा प्रभातफेरी गर्नुका साथै अत्तरिया चोकमा स्वागत कोणसभा समेत सम्पन्न गरेका छन । कोण सभामा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु तथा यसक्षेत्रका सामाजिक अगुवाहरुले नौ जिल्लाको सवै हिसावले गोदावरी पायक पर्ने भएकोले बिशेष सुझाब समितिले पेस गरेको प्रतिवेदनले सबै जिल्लाको प्रतिनिधित्व गरेको बताउँदै जिल्ला भित्र नै यसको विरोध गरिनु दुःखद कुरा भएको बताएका छन । गोदावरी नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख हरि सिंह साँउद, उप प्रमुख रत्ना कडायतले गोदावरी नगरपालिका भित्रको क्षेत्रलाई प्रदेश सरकारले राजधानीका लागि छनौट गरेकोमा धन्यवाद दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस