शनिबार, २३ फागुन २०८२

आम हडताल फिर्ता भएपछि जनजीवन सामान्य अवस्थामा

धनगढी, आश्विन १५, २०७५ ।

शनिबारदेखि धनगढीमा गरिएको आम हड्ताल स्थगित गरिएपछि जनजीवन सामान्य अवस्थामा फर्किएको छ । नागरिक समाज संघर्ष समितिले आईतवार साँझदेखि लागु हुने गरी आम हडताल स्थगित गरेपछि जनजीवन पहिलेकै अवस्थामा फर्किएको हो । सोमबार विहानदेखि नै लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आएका छन् । बजार क्षेत्रका पसलहरु सञ्चालनमा आएका छन् । चाडपर्व नजिकिएका वेला वजारमा कारोवार वढेको छ । आमहडताललाई बद्नाम गराउने खेल भएको भन्दै आन्दोलनको स्वरुपमा परिवर्तन गर्दै आम हडताल स्थगित गरिएको थियो । नागरिक समाज संघर्ष समितीले विज्ञप्ती जारी गर्दै सोमवार साँझ ८ बजे एक घण्टा धनगढीमा बल्याक आउट गर्ने जनाएको छ । वन माफिया र भुमाफियालाई फाईदा पुग्ने गरी प्रदेशको राजधानी गोदावरीको जंगलमा राखेको भन्दै धनगढीमा आम हडतालको घोषणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस