शनिबार, २३ फागुन २०८२

पर्वतमा १२ बर्षिया बालिका बलात्कृत, आरोपी फरार

पर्वत, आश्विन १५, २०७५ । पर्वतको मोदीगाउँपालिका १ भूक देउरालीमा १२ बर्षिया बालिका बलात्कृत भएकी छन । भूक देउराली बस्ने २२ बर्षिय सविन छन्त्यालले असोज १३ गते –शनिबार) राती १२ बजे बलात्कार गरि फरार भएका हुन । घरमा सुतेकी बालिकालाई छन्त्यालले बलात्कार गरेको भनेर पिडीतका अभिभावकले आइतबार जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका छन । बलात्कार आरोपी छन्त्याल घटनापछि फरार रहेका छन । बैदेशिक रोजगारीका लागि बिदेश उड्ने तयारीमा रहेका छन्त्यालको राहदानी रोक्का गरि खोजतलास थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । असोज महिना लागेपछि पर्वतमा ३ जना बालिका बलात्कृत भएका छन । जलजला गाउँपालिकामा १० बर्षिय बालकबाट ७ बर्षिय बालिका बलात्कृत भएकी थिइन भने कुस्मा नगरपालिका २ मा पनि २० बर्षिय बिनोद नेपालीले १३ बर्षिया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस