शनिबार, २३ फागुन २०८२

सवारी दुर्घटनामा पैदलयात्रुको मृत्यु

काठमाडौँ , आश्विन १६, २०७५  । सुकेधारामा सवारी साधनको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ । गएराति ११ बजेतिर सुकेधारामा नम्बर नखुलेको सवारी साधनले पैदलयात्रुलाई ठक्कर दिँदा काठमाडौँ मण्डिखाटार बस्ने ६५ वर्षीय कृष्णप्रसाद मैनालीको मृत्यु भएको हो । सवारी साधनको ठक्करबाट गम्भीर घाइते मैनालीको उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिनुभयो । दुर्घटना गराउने सवारी साधनसहित चालक फरार रहेकाले खोजी भइरहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस