शनिबार, २३ फागुन २०८२

पाटन नगरपालिकाले तीन महिनासम्म पनि बजेट पारित गर्न सकेन

बैतडी , आश्विन १७, २०७५ ।

बैतडीको पाटन नगरपालिकाले चालु आर्थिक बर्षको तीन महिना बित्नै लाग्दा समेत बजेट पारित गर्न सकेको छैन्। नगरकार्यपालिकामा जनप्रतीनीधीबिच कुरा नमिलेकाले अहिले सम्म नगरसभा बस्न नसकेको श्रोतले जनाएको छ। सोमबारदेखि नगर कार्यपालिकाको बैठक बसीरहेको र योजना तर्जुमा गर्ने काम सकिएकाले अब असोज १८ गते नगरसभा गर्ने तयारी भएको नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस