शनिबार, २३ फागुन २०८२

माछा मार्दा पानीमा डुबेर एकको मृत्यु

पाल्पा , आश्विन १७, २०७५ । पाल्पामा माछा मार्ने क्रममा आज पानीमा डुवेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका वडा नम्वर ५ फुूङदि बस्ने अन्दाजी ४९ वर्षिय बहादुर ठाडा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । जिल्लाको पुर्व खोला गाउँपालिका वडा नम्बर २ पुर्वखोलामा बुधवार दिउँसो २ बजेतिर माछा मार्न गएका थिए । ठाडा मृगी रोगका विरामी भएकाले ढुङगामा चिप्लिएर पानीमा खस्दा ज्यान गएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस