शनिबार, २३ फागुन २०८२

काठमाडौंमा ट्रकको ठक्करबाट २ पैदलयात्रीको मृत्यु

काठमाडौं, कार्तिक ९, २०७५ । काठमाडौंको लोलाङमा ट्रकको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार बिहान ख ७८२५ नम्वरको ट्रकले ठक्कर दिँदा पैदल यात्री ७० वर्षीया तिलकुमारी तिवारी र साढे ३ वर्षीय बालक अजित तिवारीको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ६० वर्षीया सावित्री पुडासैनीको उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस