शनिबार, २३ फागुन २०८२

जिल्ला प्रशासनमा सार्वजनिक शान्ति विरुद्धको कसुरका मुद्दा बढे

रुकुम , कार्तिक १४, २०७५ । पछिल्लो समय जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने सार्वजनिक शान्ति विरुद्धको कसुरका मुद्दा बढेका छन् । चाडपर्वको समयमा घटना बढि हुने र नयाँ फौजदारी संहिताले समेत यस प्रकृतिका घटनालाई कडाई गरेकोले मुद्दा बढेका हुन् । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका अनुसार नयाँ फौजदारी संहिता लागु भएदेखि हालसम्म मात्र ९ मुद्दा दर्ता भएका छन् । विगतका वर्षहरुमा सार्वजनिक अपराध सम्बन्धी मुद्दाहरुमध्ये पनि केही अदालत र केही प्रशासनमा दर्ता गर्ने भएपनि नयाँ व्यवस्था अनुसार थप गरिएको सार्वजनिक शान्ति विरुद्धको कसुर र सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर तथा जुवा खेल्ने खेलाउने लगायतका शीर्षकले थुपै घटनालाई समेट्ने भएकोले मुद्दा बढेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका खरिदार देवबहादुर ओलीले बताउनुभयो । चाडपर्वको समयमा मादकपदार्थ सेवनले घरेलु हिंसाका केही घटनाहरु बढेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो । पछिल्लो समय सुरक्षा व्यवस्था कडाई गरेकोले चोरीका घटनाहरुमा भने उल्लेख्य मात्रामा कमी आएको उहाँको भनाई छ । तवर्षको अभिलेखबाट सरी आएका सहित यस आर्थिक वर्षमा ८ वटा मुद्दा जिल्ला प्रशासन कार्यालयबाट फैसला भईसकेको र अब ३६ मुद्दा फैसला हुन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ । पहिलेको तुलनामा अहिले मुद्दा फछ्र्यौट छिटो गर्ने गरिएको प्रजिअ रेग्मीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस