शनिबार, २३ फागुन २०८२

धादिङमा ग्यास बुलेट पल्टियो, जलेर एक जनाको मृत्यु

काठमाडाैं , कार्तिक २५, २०७५ । धादिङको बेनिघाट रोराङ गाउँपालिका ५ बिशालटारमा ग्यास बुलेट पल्टेर आगलागी भएको छ । बेनीघाटस्थित विशालटार मोडबाट ग्यास बुलेट त्रिशूली नदी किनारमा खस्दा २ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ । सडकबाट करीब ५० मिटर तल खसेको सो ग्यास बुलेटमा आगलागी भईरहेको पृथ्वी राजमार्ग समेत अवरुद्ध भएको छ । उद्धार तथा आगलागी नियन्त्रणका लागि निलकण्ठ नगरपालिकाको दमकल तथा नेपाली सेना तथा प्रहरी टोली घटनास्थल पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस