शनिबार, २३ फागुन २०८२

दशैं तिहारमा २ सय ८१ सवारी कारवाहीमा, २ लाख राजश्व संकलन

पर्वत , कार्तिक २६ । जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला ट्राफिक कार्यालय पर्वतको संयुक्त चेकजाँचका क्रममा दशै तिहारमा मात्रै पर्वतमा २ सय ८१ सवारी साधन तथा चालकलाई कार्बाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार ती कार्बाहीबाट २ लाख २९ हजार राजश्व समेत संकलन भएको छ । जिल्ला ट्राफिक कार्यालय पर्वतले जिल्ला प्रहरी कार्यालय पर्वतको समन्वयमा दुर्घटनामुक्त चाडपर्व अभियान सञ्चालन गरेको थियो । दशै भन्दा केही दिन अघि देखि प्रहरीले विगतका बर्षमा घटेका घटनाहरुलाई मध्यनजर गर्दै उक्त अभियान कडाईका साथ लागु गरेपछि कार्बाही संख्या बढेको हो । प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने ९ चालकलाई कार्बाही गरेको छ । जसमध्ये बेनीदेखि विरगञ्ज तर्फ जाँदै गरेको ना ६ ख ७०३० नम्बरको यात्रुवहाक बसका चालक दलबहादुर पन्तलाई सार्वजनिक मुद्धा समेत दायर गरेको छ । Image result for traffic rules पन्तले मादक पदार्थ सेवन गरी सवारी चलाउँदा वस अनियन्त्रित हुन गई सोही बसमा सवार बागलुङ नगरपालिका १० की २३ बर्षिय गिता परियार वसबाट खसेर घाइते भएकी थिइन् । पन्तले मादक पदार्थ सेवन गरी सवारी चलाएको प्रमाणित भएपछि कार्बाहीका लागि मुद्धा दायर गरेको प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिए । कार्बाही मध्ये प्रहरीले बढी भाडा लिएको भन्दै ७ र क्षमता भन्दा बढी यात्रु बोकेको भन्दै ४० सवारीलाई कार्बाही गरेको छ भने अन्य २ सय २५ सवारीलाई विभिन्न कसुरमा कार्बाही गरेको प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस