शनिबार, २३ फागुन २०८२

गुल्मीमा जीप दुर्घटना, पूर्वसांसदसहित दुईको मृत्यु

गुल्मी,चैत २८ गते । मुसिकोट नगरपालिका –१ मा जीप दुर्घटना हुँदा पूर्वसांसदसहित दुईजनाको मृत्यु भएको छ । मालिका गाँउपालिकाको दर्लिङबाट बुटबलका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप बिहान ९ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परी गुल्मीका पूर्व सासंदसमेत रहेका धुर्कोट गाँउपालिका -५ वस्तु निवासी रूद्रमणी भण्डारी र मालिका गाँउपालिका १ का ओसर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी रविन्द्र खड्काले जानकारी दिनुभयो । जीप सडकबाट अन्दाजी १०० मिटर तल खसेको छ । जीपमा कुल १० जना सवार रहेको र अन्य सबै घाइते भएको खड्काले जानकारी दिनुभयो । घाइतेलाई उद्दार गरी अस्पताल पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस