शनिबार, २३ फागुन २०८२

नापी र मालपोत कार्यालय कैलालीमा ढिलासुस्ती उस्तै

कैलाली ,बैसाख ३, २०७६ । जिल्ला मालपोत कार्यालय कैलाली र नापी कार्यालयमा काममा ढिलासुस्ती हुने गरेको सेवाग्रहीले गुनासो गरेका छन्। सदाचारका लागि सामाजिक पहलले आयोजना गरेको गुनासो संकलन कार्यक्रममा सेवाग्राहीले यस्तो गुनासो गरेका हुन्। २५ भन्दा बढी सेवाग्राहीले गरेको गुनासो अनुसार सबैभन्दा बढी काममा ढिलासुस्ती हुने गरेको आएको छ भने त्यसपछि नक्सापासको लागि हप्तौ लाग्ने, हेक्टर प्रणली नबुझ्ने, कर्मचारीले अपुग कागजपत्र नखुलाई दिने लगायतका गुनासो आएको सदाचारका लागि सामाजिक पहलले जनाएको छ। संकलन गरिएको गुनासो नापी, मालपोत र जिल्ला प्रसासन कार्यालयमा बुझाईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस