शनिबार, २३ फागुन २०८२

अजयमेरु महोत्सवको स्टेज भाँचिदा ४ जना घाईते, मुख्यमन्त्री सकुसल

डडेल्धुरा, ५ वैशाख । डडेल्धुराको अजयमेरु महोत्सवको उद्घघाटन कार्यक्रम सञ्चालन भईरहेको बेला स्टेज भाँचिएपछि ४ जना घाईते भएका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन भईरहेका बेला स्टेज भाँचिएको हो। मुख्यमन्त्री भट्ट समेत स्टेजमै भएको समयमा स्टेज भाँचिएको हो। यद्यपी मुख्यमन्त्री भने सकुसल छन्। Ajaimeru Mahotsab स्टेज भाँचिएपनि महोत्सवको उद्धघाटन भने भएको हो। अजयमेरु गाउँपालिको आयोजनामा महोत्सव सुरु भएको हो। ‘कृषि पर्यटन, कला संस्कृति र खेलकुलको विकासमा हाम्रो अभियान, अजयमेरु महोत्सव मार्फत गाउँपालिकाको पहिचान’ भन्ने मूल नाराका साथ गाउँपालिकाले महोत्सव आयोजना गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस