शनिबार, २३ फागुन २०८२

कैलालीको सुख्खडमा किशोरीको सामुहिक बलात्कार, ५ जना पक्राउ

कैलाली,वैशाख ८ गते । कैलालीको सुख्खडमा एक किशोरीको सामुहिक बलात्कार भएको छ। बलात्कारको घटना बैशाख १ गते रातीको भएपनि प्रहरीमा आज मात्रै उजुरी आएको हो। प्रहरीमा उजुरी आएपछि संग्लनको आरोप लागेका ५ जनालाई पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ। यस्तै घटनामा ७, ८ जनाको संग्लनता रहेको देखिएकाले अन्यको खोजी कार्य भईरहेको छ। १६ बर्षिय किशोरीको भने काठमाडौँमा उपचार भईरहेको छ। उनलाई कोहलपुरबाट रेफर गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस