शनिबार, २३ फागुन २०८२

आज हावाहुरी र मेघगर्जनसहित पानी पर्ने

काठमााडौँ, वैशाख ८ गते । आज (आइतबार) देशका अधिकांश भू–भाग हावाहुरी र मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले जानकारी गराएका छन् । पश्चिमी वायु र पूर्वमा बनेको न्यूनचापीय रेखाको प्रभावले अहिले सफा भएको ठाउँको मौसम पनि दिउँसोपछि बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने भएकाले मौसमविद्ले सावधानी अपनाउन आग्रह गरेका छन् । बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर हुरीबतास र चट्याङ पर्नु स्वभाविक भए पनि यो वर्ष प्रिमनसुन सक्रिय देखिएको छ । आइतबार राति पनि मौसम बदली हुने र थोरै स्थानहरुमा चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहको महाशाखाको पूर्वानुमान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस