शनिबार, २३ फागुन २०८२

कैलालीमा हावाहुरी, असिना र चट्याङले विभिन्न ठाउँमा क्षती

कैलाली,वैशाख १२ गते । कैलालीमा बुधवार राती हावाहुरी, असिना र चट्याङले विभिन्न ठाउँमा क्षती भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्वर ४ माघी गाउँमा हावाहुरीले आँपको रुख ढल्दा एक जना युवती गम्भिर घाईते भएकी छिन्। स्थानीय रामवहादुर चौधरीकी २२ बर्षिय छोरी रिता चौधरी गम्भिर घाईते भएकी हुन्। उनलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ। यस्तै जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्वर ४ मा स्थानीय भवानी प्रशाद भाटको बाख्रा गोठमा परेको चट्याङ्ले ४ बाख्रा मरेका छन्। जिल्ला अन्य विभिन्न स्थानमा पनि बुधवार राती हावाहुरीसंगै असिना पानी परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस