शनिबार, २३ फागुन २०८२

धनगढीमा सवारी चालक अनुमति पत्रको पुनः प्रयोगात्मक परिक्षा हुने

धनगढी,वैशाख १७ गते । धनगढीमा सवारी चालक अनुमति पत्रको पुनः प्रयोगात्मक परिक्षा हुने भएको छ। यातायात व्यवस्था कार्यालय धनगढीले आउँदो बैशाख १९ र २० गते पुनः प्रयोगात्मक परिक्षा सञ्चालन हुने जनाएको छ। यातायात कार्यालयले आज सूचना जारी गर्दै बैशाख १५ गते देखि १६ गते सम्म रि–ट्रइलका लागि आवेदन दिएका परिक्षार्थीले मात्र पुनः प्रयोगात्मक परिक्षामा सहभागि हुन पाउने जनाएको छ।कार्यालयका अनुसार  बैशाख १९ गते विहान साढे ६ बजे देखि ९ बजे सम्म  मोटरसाइकल र स्कुटर, सोही दिन विहान ९ बजेदेखि १० बजे सम्म टेम्पो र अटो रिक्सा तथा  वैशाख २० गते विहान साढे ६ देखि १० वजे सम्म जिप, कार तथा डेलीभरी भ्यानको चालक अनुमती पत्रको परिक्षा सञ्चालन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस