शनिबार, २३ फागुन २०८२

सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकताको तयारी

महेन्द्रनगर, १९ बैशाख। सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकताका लागि शीर्ष नेताहरुबीच छलफल अघि बढेको छ। उपप्रधानमन्त्री तथा फोरमको नेतृत्व गर्नुभएका उपेन्द्र यादव र डाक्टर बाबुराम भट्टराईले नेतृत्वको गर्नुभएको पार्टी नयाँ शक्तिबीच एकता प्रक्रियाअघि बढेको फोरमका निर्वाचन समितिकका प्रमुख शिवजी यादवले जानकारी दिए। डॉ बाबूराम भट्टराई र उपेन्द्र यादव यादवका अनुसार पार्टी एकता प्रक्रियाअघि बढेको छ। शीर्ष नेताहरुबीच छलफल पनि भइरहेको छ। तर एकता कहिले गर्ने भनेर मिति तोकिएको छैन। निर्वाचनका समयमा फोरम र नयाँ शक्तिबीच एकता गर्ने प्रयास भए पनि नेतृत्व विवादका कारण सफल हुन सकेको थिएन। अहिले भने एकता प्रक्रिया निकै अगाडि बढेको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस