शनिबार, २३ फागुन २०८२

नेपालमा पहिलोपटक बर्ड फ्लुबाट मानिसको मृत्यु भएका पुष्टि

काठमाडौं,  वैशाख १९ गते । नेपालमा पहिलो पटक मानिसमा बर्ड फ्लु पुष्टि भएको छ । बर्ड फ्लुबाट काभ्रेमा एक युवकको मृत्यु समेत भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै काभ्रेका २१ वर्षीय युवकको बर्ड फ्लुबाट मृत्यु भएको जानकारी दिएको हो । उक्त युवकको नमूना परीक्षण गर्न जापान पठाइएको थियो । परीक्षणको रिपोर्ट वैशाख १७ गते आएको थियो जसमा बर्ड फ्लु लागेको पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस