शनिबार, २३ फागुन २०८२

पाँचथरमा दुई परिवारका नौं जनाको बीभत्स हत्या

पाँचथर, जेठ ७ गते । पाँचथरमा दुई परिवारका नौं जनाको हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले पुष्टि गरेको छ । त्यस्तै उक्त हत्या घटनामा परी एक बालिका समेत घाइते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । दुई परिवारका ९ जनाको हत्याको जानकारी पाएपछि प्रहरी घटनास्थल जान लागेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिएका छन् । एकै पटक यति धेरै मानिसको हत्याको घटना रहस्यमय देखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस