शनिबार, २३ फागुन २०८२

पूर्वपश्चिम राजमार्गमा यात्रु बस लुटियो

बारा , जेठ १७ गते । पूर्वपश्चिम राजमार्गको पथलैया–निजगढ सडकखण्ड अन्तरगत १३ किलो जंगल नजिकै शुक्रबार बिहान यात्रुबाहक रात्रि बसमा लुटपाट भएको छ । ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक बिक्रम लामाका अनुसार निजगढबाट ७ किमी पश्चिम जंगलमा काठमाडौँबाट जलेश्वरतर्फ जाँदै गरेको ना ७ ख २७९० को रात्रि बसमा अज्ञात समुहले बिहान करिब ३ बजे लुटपाट गरेको हो । जीप र मोटरसाइकलमा आएको ६÷७ जनाको समुहले सडक अवरोध गरी चालकलाई कुटपिट गर्नुका साथै कन्टेक्टरसंग रहेको ४५ हजार नगद र मोबाईल एक थान लुटेरे लगेको प्रहरीले जनाएको छ । बसका यात्रुले प्रतिकार गर्न थालेपछि लुटेरा समूह भागेको थियो । प्रहरीले लुटेरा समूहका एक जनालाई नियन्त्रणमा लिएको र अन्यको खोजी कार्य जारी राखेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस